Thursday, February 6, 2014

झुठ्ठा बिवरण लिइएको भन्दै परेको उुजुरी गलत रहेकोले पुनरावेदन अदालतमा १७ नं. गरेको


                                                                                                         







श्री पुनरावेदन अदालत विराटनगरमा चढाएको
निवेदन(पत्र
मार्फत : पूर्वाञ्चल क्षेत्रिय कारागार कार्यालय झुम्का सुनसरी
बिषय : बेरितको आदेश बदर गरी थुनाबाट मुक्त गराई
तारेखमा राखी मुद्दा पुपक्ष गरी पाउ¤

उतिमलाल कर्णको छोरा जिल्ला सुनसरी हरिपुर गा.वि.स.वडा नं. ९ घर भै सुनसरी जिल्ला अदालतको आदेश पू.क्षे.कारागार कार्यालय झुम्का सुनसरीमा थुनामा रहेको बर्ष ५८ को गुणेश्वरप्रसाद कर्ण…………………………………………………………..१
विरुद्ध
रासलाल मण्डलको जाहेरीले नेपाल सरकार………………………………………………………………..१


मुद्दा ः( झुठा विवरण पेश गरि नागरिकता लिएको÷स.फौ.नं.
आदेश गर्ने : सुनसरी जिल्ला अदालत
आदेश गर्ने मा. न्या. श्री काजिवहादुर राई
आदेश मिति :२०७०।३।१८

लिफा वापत रु.ज्ञण्।( राखी निम्न लिखित कुराको निवेदन गर्दछु ।
उपरोक्त विपक्षीसंगको उपरोक्त बिषयमा सुनसरी जिल्ला अदालतको मा.न्या.ज्यूले थुनामा राखी मुद्दा पुर्पक्ष गर्न भनी उपरोक्त मितिमा गर्नु भएको आदेश बेरितको रहेकोले चित्त नबुझेको कुरामा अ.वं. १७ नं वमोजिम बेरितको आदेश बदर गरी पाउ भन्ने निवेदन गर्न आएको छु । निवेदन जिकिर निम्न प्रकरणहरुमा छन् ।

(१)    सुरु सक्कलै मिसिल झिकाई र कैफियत प्रतिवेदन भएको बखत सम्पूर्ण कुरा अवगत हुने नै हु¤दा तत्सन्दर्भमा पुनरावृत्ति गरेको छैन । निवेदन जिकिर मात्र प्रस्तुत गरेको छु ।
(२)    मा.न्या.ज्यूले थुनामा राखी पुर्पक्ष गर्न भनी लिनु भएको आदेशको निम्न आधारहरु रहेछ .
s_    प्रतिवादीले अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा आरोपित कसुर स्वीकार गरी आफु भारतीय नागरिक भएकोमा द्दण्छढ साल बाट नेपाल बसोवास गरी आएकोमा २०६३।२०७४सालमा खटी आएको नागरिकता टोलीबाट नागरिकता लिएको कुरा लेखाई दिएको ।
(V)    आज यस अदालतमा बयान गर्दा भारत विहारको गृह संख्या द्धन्द्ध मा आफनो नाम उल्लेख भएको तथ्यलाई स्वीकार गरी सन् २०१२ सालमा सो डिलिट गर्न निवेदन दिएको आफु नेपाल मै जन्मिएकोले २०६३ सालमा नेपाली नागरिकता लिएको भनी लेखाई दिएको ।
(ग)    प्रतिवादीले परोक्षरुपमा आफु भारतीय नागरिक भै ततस्थानको मतदाता सूचीमा रहेको आफनो नामावली हटाउन निवेदन समेत दिएको भनी प्रतिवादीले बयान गरेको अवस्थामा सो निवेदनको नक्कल सहितको कुनै आधिकारीक प्रमाण पेश नगरेको,
३)    किटानी जाहेरी दरखास्त, वस्तुस्थिती मुचुल्का प्रतिवादीको बयान समेतको हालसम्म संकलित मिसिल संलग्न कागजातहरुबाट यि प्रतिवादी निर्दोष रहेछ भन्न सकिने अवस्था नहुदा निजको हकमा अ.वं. ११८ को देहाय २ र ३ नं को विद्यमानता हु¤दा मुद्दाँको पुर्पक्षको लागी थुनामा राख्न पठाई दिनु ।


(घ)    उपरोक्त आदेशको आधारहरु बेरित र त्रुटीपुर्ण रहेकाले बेरितको आदेश बदर गरी पाउ भनी निम्न निवेदन जिकिर पेश गरेको छु ।
(क)    म निवेदक प्रतिवादीलाई भारतीय नागरिक भनी आरोप लगाउने जाहेर गर्ने जाहेरवाला नेपाली नागरिक होइन किनभने निजले जुन ठेगाना बाट जाहेरी दिएको छ, निज जाहेरबालाको २०४९ सालको हरिपुर गा.वि.स.वडा नं. ९ मा भोटरलिष्टमा नाम छैन जवकी निज सो बखत ३१ बर्षको थियो । निज नै नेपाली नागरिक होइन भारतीय नागरिक हो । म निवेदक प्रतिवादी नेपाल सुनसरी जिल्लाको हरिपुर गा.वि.स.वडा नं. ९ को गुणेश्वर कर्णको २०४९ सालको मतदाता सूचीको क्रमसंख्या १२१ घरसंख्या १८ मा उतिमलाल कर्णको छोरा गुणेश्वर प्रसाद कर्ण भनी मतदाताको नामावली र मतदानमा आफनो इच्छाको उम्मेदवारलाई मत खसाएको नेपाली नागरिक हु¤ म मात्र हैन मेरो पिता उतिम लाल कर्ण पनि नेपाली नागरिक हो २०४९ साल भन्दा पहिले देखिनै बसोवास गरी आएका छौ र निजको नामको २०५३ सालको मतदाता परिचय पत्रको प्रतिलिपी यसै खाम दाखेल गरेको छु । मेरो विवाह पश्चात मेरो श्रीमती शान्तिदेवी कर्णको २०५३ सालमा मतदाता परिचयको प्रतिलिपी पनि यसै साथ पेश गरेको छु । म प्रतिवादीको पिता उतिमलाल कर्र्ण नेपाली नागरिक भएकोले मेरो वंशजको आधारले नेपाली नागरिकता प्राप्त गर्ने हक र अधिकार छ । नागरिकता दिदाको बखत जन्मसिद्धको आधारमा नागरिकता दिदा मेरो दोष होइन । सो कुराको दोषी नागरिकता दिने अधिकारी हो र नागरिकता ऐन २०६३ को दफा २१(ट) नं. बमोजिम निज उपर कारवाही हुनु पर्ने हो वा होइन मलाई थाहा छैन ।
(ख)    म निवेदक प्रतिवादीको हरिपुर गा.वि.स. वडा नं. ९ को २०५९ सालको क्रमसंख्या १२१ मा भएको मतदाता नामावलीमा उमेर २२ बर्ष भन्ने उल्लेख रहेको छ । मेरा पिताको पनि नागरिकता नभएको कारण म प्रतिवादीले तत्कालै प्राप्त गर्न नसकेको र पिता विरामी भएको कारणबाट तत्काल नागरिकता लिन नसकेको कारण यसपालीको मतदाता नामावलीमा नाम समावेश हुन नसकेको र म निवेदकलाई थुनामा राखी पुर्पक्ष गर्ने भनी आधार लिंदा बयान कागजलाई समेत आधार लिएको सन्दर्भमा म निवेदक प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा स.ज. ठ मा २०३९ देखि नै नेपालको सुनसरी जिल्लाको हरिपुर ९ मा आई बसेको छ भनी बयान लेखाई दिएको छु । सो बखतको उमेर जोड्दा पनि म १७ बर्षको थिए र म एक्लै नभएर मेरो बुबा आमा पनि मेरो साथमा छ भन्ने कुरा स्पष्ट हुन्छ र मेरो आमा समेतको २०५३ सालको मतदाता परिचयपत्र छ । म सावालक भएपछि र तत्काल नेपाली नागरिकता प्राप्त नभए पनि राजनैतिक कार्यकर्ताको रुपमा या समाजसेवीको रुपमा निरन्तर सकृय रहेको कुरा यसै निवेदन साथ पेश भएको कागज प्रमाण स्पष्ट हुनेछ । जसमा सुनसरी हरिपुर गा.वि.स.वडा नं. ढ कोशी व्यारेज गा.वि.स.को कार्यालय कोशी व्यारेजबाट च.नं. २०७÷२०५४÷५५ मिति २०५४।७।२९ गतेको अस्थायी नियुक्तीपत्र कोशी व्यारेज प्रा.वि.मा पठनपाठनको लागी अर्काे व्यवस्था भएसम्मको लागि मिति २०५४।९।१ गते देखि लागू हुने गरी दिएको अस्थायी नियुक्तीपत्रले सो कुरालाई पुष्टि गर्छ । तत्पश्चात सो स्कूलमा सेवा गरीरहेका म निवेदककै नामबाट कोशी टप्पु वन्यजस्तु संरक्षण कार्याल्य पूर्वकुशाहा व्यारेजबाट च.नं. ६८२÷०५६÷५७ मिति २०५६।१२।४ गतेमा दिएको काठ छोडपत्रको पुर्जिबाट पुष्टी हुन्छ । त्यस्तै च.नं. १४७÷०५६÷५७ मिति २०५६।१०।१० गतेको गा.वि.स.को कार्यालय हरिपुर सुनसरीले कोशी व्यारेज प्रा.वि.को तत्काल भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष भएकोले जिल्ला वन कार्यालयको नाउमा लेखि दिएको पत्रको प्रतिलिपी यसै साथ दाखेल गरेको छु । सो बाट पनि नेपाली नागरिक रहेको कुरा प्रमाणित हुन्छ । त्यस्तै म निवदेक प्रतिवादी ने.क.पा. एमालेको संगठीत सदस्य रहेकोले सो पार्टीले मलाई मिति २०५८।९।१० गतेमा बैठक निर्णयबाट दिएको निर्देशन सहितको मेरा नाउमा जारी गरीएको निर्देशन पत्रले पनि नेपाली नागरिक रहेको कुरा पुष्टि हुन्छ । त्यस्तै ने.क.पा ए.माले जिल्ला कमिछी सुनसरीलाई द्दण्छड सालमा क्रियाशिल सदस्यको नविकरणबाट नेपाली नागरिक भएको कुरा स्पष्ट हुन्छ । म प्रतिवादीको नाउमा कोशी जनता मा.वि. हरिपुरबाट विद्यालय सम्बन्धमा छलफलको लागी बैठकमा उपस्थित हुने भनी मिति २०५९।५।१३ गते पत्रबाट स्पष्ट हुन्छ । म निवेदक हरिपुर गा.वि.स. वडा नं ९ मा आफना मातापिता परिवारको नाम दाम्पत्य जीवन विताउदाको क्रममा २०४२ सालमा नै जन्म भएको मेरो छोरा पुष्पेन्द्र कुमार कर्णको हरिपुर गा.वि.स.को कार्यालयमा द.नं. ज्ञज्ञढ मिति २०५६।२।२२ गते दर्ता गराएको जन्मदर्ताले म निवेदक २०३९ साल भन्दा पनि अगाडी आफना आमा वावुसंग साथमा नेपालमा नै बसोवास गरेको कुरा स्वयमा प्रमाण कागजबाट सिद्ध हुन्छ ।
(ग)    जहा¤सम्म भारतको सुपौल जिल्ला ग्राम पन्चायत भीमनगर वडा नं. ७ मतदाता सूची ३७७ को संख्या नं. ४४ को निवासीको सन्दर्भमा पेश भएको कागज प्रमाण र अदालतमा भएको बयान कागजलाई प्रमाण कागजको आधार मानियो । मतदाता नामावलीबाट नाम हटाउने निवेदन समेतको कुनै आधिकारीक प्रमाण पेश गर्न नसकेको आधार लिएको सन्दर्भमा म निवेदकले भारत सुपौल ग्राम पन्चायत भीमपुरमा मतदाता नामावली प्रकाशन भएको कुरा थाहा पाएपछि निवेदन दिएर नाम कट्टा गरी सकेको र सन २०१२ र २०१३ को मतदाता नामावलीमा नाम छैन । म्भभित भएको कुरा मतदाता नामावलीले स्पष्ट हुन्छ सो भारतको मतदाता नामावलीको प्रतिलिपी पनि यसै साथ दाखेल गरेको छु । साथै भारतको सुपौल ग्राम भीमनगर वडा नं. ७ को मतदाता संख्या ३७७ मा गृह नं. ४ भनी उल्लेख भै म निवेदक प्रतिवादीको नाम नभई अन्य व्यक्ति जितेन्द्रकुमार झाको रहेको र मेरो नाम नभएका कारणबाट म भारतीय नागरिक नभएको कुरा सिद्ध हुन्छ । त्यस्तो सोही मतदाता सूचीको गृह संखया ४४ को सन्दर्भमा म निवेदकको नाम नभै भोला झाको नाम मतदाता नामावलीमा छ र क्र.सं. ५४९ भनी उल्लेख भएबाट म भारतीय नागरिक होइन २०१२ र २०१३ को मतदाता नामावलीमा पनि मेरो नाम छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीले च.नं. २७२२ सन २०१३।६।३ मा भारत सुपौल जिल्ला वसन्तपुर ग्राम पन्चायत भीमनगरबाट मतदाता नामावलीमा नाम समावेश रहे नरहेको कुरा विस्तृत विवरण माग गरि पत्राचार गरेकोमा सो को जवाफ कार्यालय प्रखण्ड विकाश पदाधिकारी वसन्तपुरले सन. २०१३।८।१७ मा सुनसरी जिल्ला अदालतको माननीय न्यायाधीश ज्यूलाई सम्वोधन गरी प्रमाणपत्र जा¤चको सन्दर्भमा छायाप्रति साथै राखी जानकारी गराई त्यस कार्यालयबाट मतदाता नामावली जारी गरीएको छैन भनी लिखितरुपमा जानकारी गराएको छ । त्यस्तै ग्राम पन्चायत भीमनगर भारतको सरपंचले सन २०१३।७।१५ को मतदाता नामावलीमा नाम नरहेको कुरा लिखितरुपमा उल्लेख गरी दिएको कारण म निवेदकको अदालतमा भएको बयान कागजले पनि भारतको निर्वाचनको मतदाता सूचीमा नभएकोले म नेपाली नागरिक रहेको हु¤दा झुठा विवरण भरी नागरिकता नलिएकोले नेपाली नागरिकको हैसियतबाट नेपाली नागरिकता लिएको र म गर्भको साथ नेपाली नागरिक हु¤दा शुरु सुनसरी जिल्ला अदालतको आदेशले थुनामा राख्ने भनी लिएको आधारहरु त्रुटीपुर्ण रहेको हु¤दा अ.वं. १७ नं वमोजिम बदर गरी साधारण तारेखमा मुद्दा पुर्पक्ष गर्न आदेश गरी पाउ ।
(३)    देशमा राजनैतिक अस्तिरता र सशस्त्र द्घन्दको कारणबाट पनि विभिन्न गुट उपगुटको कारण राजनीतिमा लाग्नु परेको र ने.क.पा. माओवादी लगात ठ राजनीतिक दलले समेतले ल्याएको वृहत शान्ति सम्झौता र संविधानसभा र सो संविधानसभा हेतु मधेश आन्दोलनले उठाएको नागरिकताको मूल मुद्दाको सन्दर्भमा नागरिकता लिन छुट भएको नेपाली नागरिकलाई नागरिकता वितरण भएपछि मात्र संविधानसभाको चुनाव हुने भन्ने वृहत शान्ति सम्झौता वमोजिम नेपाली नागरिकता लिन छैट भएका नागरिकता प्राप्तीको सवालमा म निवेदक पनि क्ष्ऋऋएच् वमोजिम आफनो नागरिकताको अधिकार र हकदार भएकोले सुनसरी जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता प्राप्त नेपाली नागरिक हु¤दा अनाहकमा झुठा कुराको अभियोग लगाई थुनामा राख्ने आदेश गरेको सो आदेश बेरितको हु¤दा बेरितको आदेश बदर गरी तारेखमा राखी पुर्पक्ष गर्न आदेश गरी पाउ¤ ।
(छ)    अत प्रकरण प्रकरणहरुमा वर्णित विवेचित तथ्य बुदाहरु उपर दृष्टिगत गरी म निवेदक नेपालमै जन्मी बसोवास गरी नेपाल बा६ै नेपालीको नागरिकता प्राप्त गरेको र जुन देशको वासिन्दा हो सोही देशबाट आफनो नागरिकता लिने अधिकार रहेको र सो देशबाट नागरिकता दिनु पर्ने भएकोले म निवेदकले कानुनको रित पु¥याई नागरिकता लिएको र क्ष्ऋएएच् मा नेपालले हस्ताक्षर गरेको कारणबाट नेपालले आफनो राज्यमा बसोवास गर्न नागरिकलाई नागरिकता दिनु पर्ने हुदा नागरिकता ऐन २०६३ भन्दा पनि सर्वाेपरी अन्तराष्ट्रिय सन्धी भएको र सो अन्तराष्ट्रिय सन्धी क्ष्ऋऋएच् मा नेपालले हस्ताक्षर गरी राज्यले नागरिकता दिन वाध्यात्मक भएकोले अन्य छुटेको नागरिकलाई समेत नागरिकता दिनु पर्ने वाध्यता रहेको र म निवेदकले क्ष्ऋऋएच्(१९६६ को धारा २ को उपधारा १ र २ नं वमोजिम प्राप्त गरेको नागरिकता करितपूर्वकको रहेकोले जाहेरी, वस्तुस्थिती मुचुल्का र सरकार पक्षबाट संलग्न भएको प्रमाण कागजहरुको आधारमा थुनामा राख्ने आधार बेतुकको भएकोले थुनामा राख्ने भन्ने भएको मिति २०७०ा३।१८ गतेको आदेश बदर गरी साधारण तारेखमा राखी पुर्पक्ष गर्न सुनसरी जिा अदालतको नाउमा आदेश गरी पाउ¤ ।

(ट)    तत्काल अधिवक्ता हरिनारायण चौधरीलाई कानुन व्यवसायी मुकरर गरेको छु ।
(ठ)    प्रमाण कागजहरु
(क)    २०४९ सालको निर्वाचन आयोग मतदाता नामावलीमा भरेको वडा नं. ९ क्र.सं. १२१ मा उल्लेख भएको म प्रतिवादीको मतदाता नामावली
(ख)    जि.प्र.का. सुनसरीको च.नं. २७२२ सन.२०१२।६।३ को पत्रले भारत सुपौल वसन्तपुर ग्राम पंचायतका कार्यालयलाई लेखेको पत्रको प्रतिलिपी.............ज्ञ सो को सक्कल कागज मुद्दाको मिसिल कागजमा संलग्न छ ।
(ग)    भारत सुपौल जिल्ला वसन्तुर ग्राम पंचायतबाट मतदाता नामावली सहितको प्रतिलिपी र सुनसरी जिल्ला अदालतलाई सम्वोधन गरी लेखेको पत्रको प्रतिलिपी(ज्ञ
(३)    सन २०१२ को भारत सुपौल वसन्तपुर ग्राम पंचायत वडा नं. ७ को मतदाता नामावली(ज्ञ
(ङ)    कोशी वन्यजन्तु आरक्षण पूर्वकुशाहाबाट च.नं. ६८२ मिति २०५६।,१२।४ गतेमा म निवेदकको नाउमा दिएको छोड पुर्जिको प्रतिलिपी (ज्ञ
(च)    २०५४ सालको निर्वाचन आयोगमा समावेश भएको मेरो नाउको मतदाता नामावलीको क्र.सं. १२० मा उल्लेख भएको मतदाता नामावलीको प्रतिलिपी
(५)    २०५८।९।२० गते ने.का.पा एमालेबाट मेरो नाउमा जारी भएको संगठीत सदस्यको निर्देशन ।
(ज)    २०५६।८।२२ गते दर्ता नं.११९  मा छोरा पुष्पेन्द्रकुमार कर्णको गा.वि.स.कार्यालयमा दर्ता भएको जन्मदर्ताको प्रतिलिपी ।
(झ)    उतिमलाल कर्णको २०५३ सालको नेपालको निर्वाचन आयोगबाट जारी भएको फोटो सहितको मतदाता परिचयपत्र ।
(ञ)    शान्तिदेवी कर्णको २०५३ सालको नेपालको निर्वाचन आयोगबाट जारी भएको फोटो सहितको मतदाता परिचयपत्र ।
(६)    सुनसरीः जिल्ला अदालतको आदेशको प्रतिलिपी पत्र ।
(ड)        व्यहोरा सा¤चो छ झुठा ठहरे कानून वमोजिम सहु¤ला बुझाउ¤ला ।

पृुनरावेदक
गुणेश्वरप्रसाद कर्ण
ईति सम्वत २०७० साल माघ महिना गते रोज   शुभम……………………………………………………….

No comments:

Post a Comment