Friday, February 28, 2014

समावेशी सिद्धान्त बिपरित बिज्ञापन गरेको भन्दै परेको रिट जारी भयो

समावेशी सिद्धान्त बिपरित बिज्ञापन गरेको भन्दै परेको रिट जारी भएको छ । निवेदकको माग बमोजिम रिट निर्देशनात्मक रुपमा जारी भएको छ । मिति २०७० मंसीर २६ गतेको बिज्ञापन ३०१४र०७०–०७१ मा लेखा अधिकृत, प्रसासन, लेखा ९रा।प।तृतिय० पदको लागि प्रतिस्पर्धा गराउन बिज्ञापन माग गर्दा नेपालको अन्तरिम संविधान २०६३ को धारा ३३९घ१० मा मुलुकको राज्य संरचनाका सबै अंगहरुमा समानुपातिक समावेशीको आधारमा सहभागी गराउने भन्ने स्पष्ट उल्लेखित व्यवस्था गरेको छ र निजामती सेवा ऐन २०४९ को दफा ७ को उपदफा ९१०० को बिपरित हुने गरी बिज्ञापन गरेको थियो । सो समावेशी कोटामा एक बर्ष भित्र उपयुक्त उम्मेदवार उपलब्ध नभएको सोही समावेशी समुहको कोटा थप नगरी म निवेदकलाई समेत सो आरक्षित कोटाबाट बन्चित गर्ने मनसाय राखि गरिएको उक्त बिज्ञापन उत्प्रेषणको आदेशद्धारा बदरको माग गरिएको थियो । नेपालको अन्तरिम संविधान २०६३ प्रस्तावना र धारा ३३९घ१० र निजामती सेवा ऐन २०४९ को दफा ७ को उपदफा ९१०० ले निर्धारण गरेको मापदण्ड अवलम्बन गरी पुन ः बिज्ञापन गर्न बिपक्षीको नाममा परमादेशको आदेशको समेत माग गरिएको थियो । उल्लेखित व्यवस्था अनुसार राज्यद्धारा गराईने हरेक किसिमको प्रतिस्पर्धामा सबै समुदायको समान सहभागिता होस भन्ने मनसाय राखि सिट समावेशी आरक्षण कोटा समेत निर्धारण गरिनु पर्ने अनिवार्य व्यवस्था गरेको पाइन्छ। मोहम्द मुस्तफाले लोकसेवा आयोग केन्द्रिय कार्यालयलाई बिपक्षी बनाई रिट यादर गरेका थिए ।

http://supremecourt.gov.np/lic/sys.php?d=reports&f=daily_public

No comments:

Post a Comment