इतिहास चिसो हुनेगर्छ। त्यसैले होला ऐतिहासिक विवरण प्रायः पुस्तकका पानामा सीमित रहनपुग्छन्। विज्ञहरूले तिनलाई केलाउँछन्। विद्वान्हरूले अर्थ्याउँछन्।
बौद्धिकहरू पाठ औँल्याउँछन्। तर, जति जे गरे पनि इतिहासबाट कसैले केही सिकेको देखिँदैन। त्यसैले प्रत्येक कालखण्ड विगत दोहोर्याछउन अभिशप्त हुन्छ। पुनरावृत्ति कहिले त्रासदि त कहिले प्रहसन भएर प्रदर्शित हुन्छ। रूपजस्तो भए पनि निरन्तर दोहोरिइरहनु इतिहासको नियति हो।
स्मृति भने मस्तिष्कभन्दा पनि मनबाट निर्देशित हुनेहुँदा त्यसको न्यानोपन कहिल्यै घट्दैन। जनस्मृति त झन् सधैँ जीवन्त रहिरहन्छ। स्वर्गमा देख्न नपाइने कस्तो त्यो पुष्प थियो होला जस्को खोजीमा देवराज इन्द्र स्वयं काठमाडौं उपत्यकामा आउन बाध्य भए? ती कस्ता मानिस थिए होलान् जस्ले स्वर्गका राजा इन्द्रलाई डोरीले बाँध्न अप्ठेरो मानेनन्? मूल कथा सायद कसैलाई पनि सम्झना नहोला। हरेक पुनर्कथन स्मृतिको पुनर्संरचना एवं पुनर्गठन पनि हो। बग्ने नदीजस्तो पानी उही हो तर होइन पनि। मूल स्वभाव भने जलको रहिरहन्छ। इन्द्र जात्रा सम्भवतः क्षमा प्रार्थनाको महोत्सव हो। इन्द्रलाई नचिनेर बन्दी बनाएको अपराध बोध!
प्राणीबाट गल्ती हुन्छ। कहिले आवेशमा त कहिले क्रोधमा। दम्भले त विवेक नै बन्द गरिदिन्छ। तर कहिले कहीँ चेतनाले पनि दोषतिर डोर्यातउँछ। मर्यादा पुरुषोत्तमले दुई जीउकी जगतजननीलाई घरबाट निकालेको आवेश, ईर्ष्या, लोभ, मोह, दम्भ वा क्रोधले गर्दा नभएर अतिचेतनाको प्रेरणाले हो। जनस्मृतिमा कलंकित हुने नियतिबाट जोगिन स्वयं नारायणका अवतारले पनि सकेनन्। यिनै बाध्यतालाई स्वीकार्य बनाउन क्षमालाई सर्वोत्तम गुणमध्ये एक भनिएको हुनुपर्छ। साहसी क्षमा याचना गर्न डराउँदैनन्। बहादुर क्षमादानबाट पछि हट्दैनन्।
काठमाडौंका किसानले इन्द्रलाई बन्दी बनाएको पश्चातापस्वरूप पनि इन्द्रयात्रा महोत्सव सुरु गरेका हुन् कि? 'क्षमस्व, क्षमस्व' मन्त्रोच्चारण हिन्दु कर्मकाण्ड एवं बौद्ध परम्परामा पनि नभएको होइन। तर, विनयशीलता, पश्चाताप एवं क्षमा याचनाको संस्कार जैन परम्परामा गहिरो छ। जैनहरूको क्षमा दिवस एवं इन्द्रजात्रा सँगसँगैजस्तो पर्नु सायद संयोगमात्र हो। काठमाडौं उपत्यकामा जैन धर्मको प्रभावबारे खासै चर्चा भएको पाइँदैन। तर, क्षमाभाव काठमाडौंका बासिन्दाका लागि महत्वपूर्ण थियो भन्ने इन्द्रजात्राको व्यापकताले जनाउँछ। सिक्किममा इन्द्रजात्रा 'नेवार दिवस' बन्ने क्रममा छ।
गल्ती मानवीय स्वभावै हो भने क्षमा याचनाको संस्कृतिलाई पनि स्वाभाविक बनाउनुपर्ने हुन्छ। प्रतिशोधको भावले पीडित र पीडक दुवैलाई हिंसक द्वन्द्वतिर फर्काउने हुँदा निष्पक्ष न्यायको अवधारणा आएको हो। न्याय सहज भने कहिल्यै हुँदैन। सबैभन्दा प्रचलित मत्स्य न्याय हो। शक्तिका सबैजसो संरचना निर्धाका लागि नभएर बलियाको हित संरक्षण गर्न खडा गरिएका हुन्छन्। मत्स्य न्यायपछि शासकका इच्छा र निर्णय पनि निसाफ नै कहलिन्छ। धर्म, नीति, ऐन, कानुन, नियम, एवं प्रचलनजस्ता जालमा पनि साना माछामात्र पर्छन्। ठूला त भ्वाङ पारेर उम्कन्छन् नभए जालैसमेत आफ्नो बाटो लाग्छन्। तर, बदलिइरहनु शक्तिको स्वभाव हो। बदलावले हरेकपटक बदलातिर मात्रै लान्थ्यो भने समाजको सम्पूर्ण ऊर्जा हिसाबकिताब बराबर गर्नमै समाप्त हुन्थ्यो।
भुलचुक माफ र क्षमादानबाट नयाँ सुरुआत गर्ने हो भने जनजीवन इतिहासको चिसोबाट स्मृतिको न्यानोमा प्रवेश गर्छ। र, त्यसपछि न्याय विगतको भग्नावशेष नभएर भविष्यको जगका रूपमा देखापर्न थाल्छ। तर माफी एवं स्वीकृतिको चरणमा प्रवेश गर्नुअघि स्मृतिका विविधतालाई स्वीकार गर्नुपर्ने हुन्छ। इतिहासले 'यस्तै भएको हो' भन्ने निश्चितता प्रदान गर्छ। त्यस्तो विश्वासमा अरू व्याख्याका लागि ठाउँ रहँदैन। सम्झना फरक हुनसक्छन् भन्ने स्वीकारोक्तिले मात्र साक्षीभावले विगतको समीक्षा गर्नसक्ने क्षमता निर्माण हुन्छ।
विविध वृत्तान्त
दलितहरूमा अशिक्षा छ। गरिबी छ। पछौटेपन छ। यस्ता वास्तविकता औँल्याउन धेरै मिहिनेत गर्नुपर्दैन। स्वतः देखिने यथार्थका लागि तथ्यांक नै पनि चाहिँदैन। तर, त्यस्तो अवस्था किन छ? प्रश्नको उत्तर दलितहरूकै दृष्टिकोणबाट खोजिनुपर्छ। जन्मले सबै शुद्र हुन्छन्। कर्मले जात निर्धारण गर्छ। मुलुकी ऐनले उहिल्यै छुवाछुत उन्मूलन गरिसकेको छ। दलितलाई शिक्षा दिइनुपर्छ। तिनलाई सक्षम बनाइनुपर्छ। गैरदलितका यस्ता व्याख्या सुन्दा सुन्दर लाग्छन्। कम्तीमा पाँच हजार वर्षको विभेद, उत्पीडन एवं शोषणको जिम्मेवारी कसले लिने भन्ने विषयमा कोही बोल्दैनन्। आरक्षणलाई समेत अनुकम्पाका रूपमा प्रस्तुत गरेर होच्याउने प्रवृत्तिको अन्त्य हुनसत्तै्कन।
जनजातिलाई जनै लगाइदिएर वा रामायण समाउन लगाएर 'सभ्य' बनाउनेका सन्तति आदिवासीले पाएको सामान्य सुविधामा आहारिस गर्छन्। तिनको संस्कृति अतिक्रमित भएको कोही स्वीकार गर्दैनन्। जीवनशैली बदल्न बाध्य बनाइएको अवसाद वर्चस्वशाली समुदायमा लेसमात्र पनि छैन। भाडाका सिपाही बनाएर तिनको बैंसको व्यापार गरिएको यथार्थलाई बिर्सेर लाहुरे बाध्यतालाई 'अवसर' देखाउने व्याख्याता पनि छन्।
मधेसीका अव्यक्त पीडाले त 'राष्ट्रिय दृष्टि' वर्णनमा ठाउँसमेत पाउँदैन। समथर जग्गाका लोभी गोर्खालीहरूको वृत्तान्तमा तराई—मधेस बासिन्दाविहीन क्षेत्र थियो जहाँ विजेताले बस्ती बसाले। कथा त मधेसीका पनि छन्। गोर्खाली—अंग्रेज युद्धका बेला असहयोग गरेको वा शत्रुलाई सघाएको आरोपमा घरबारविहीन बनाइएका एवं धपाइएकाहरू आफ्नै थातथलामा फर्किँदा आगन्तुक मानिएकाहरू 'नेपाल महात्म्य'भित्र कतै पर्दैनन्। तिनका कथाव्यथा इतिहास त के साहित्यबाट समेत गायब छन्। नेपालका अवजन (नन् पिपल) मधेसीमात्र हुन् भन्दा फरक पर्दैन।
महिलाका व्यथाहरूको लेखाजोखा गर्न सकिँदैन। महिला पक्ष साहित्यमार्फत् केही मुखरित हुन थालेको भए पनि इतिहास र संस्कृतिको वृतान्तमुनि थिचिएका नारी आकांक्षा स्पष्टसँग व्यक्त हुनुअगावै बन्द हुने अवस्था अझै छँदैछ। देवी स्वरूपा हुन्। आमा हुन्। त्यो सब हुँदाहुँदै पुरुषका दाँजामा किन पिछडिएका हुन्? किन घरेलु हिंसा, बलात्कार एवं हत्यासमेत नारी उत्पीडनको अंग बन्दै गएको छ? श्रम शोषण त सामान्य भइहाल्यो। कसै न कसैले यस्ता असमानताको संरचनाजन्य ज्यादतीको जिम्मेवारी लिनुपर्ने नै हुन्छ। त्यस्ता विवरणमा भने मौखिक परम्परा जनस्मृति एवं सम्झनाको महत्व लेखिएको इतिहास, विज्ञ विश्लेषण वा विद्वान्हरूको ज्ञानभन्दा कत्ति पनि कम छैन।
माफी दिवस
परम्परागत संरचनामा कमजोरले क्षमा याचना गर्छन्। बलियाले माफी दिन्छन्। एकछिन घोत्लिने हो भने माफी माग्ने पक्ष मूलतः यथास्थितिबाट लाभान्वित समूह हुनुपर्छ। तीमध्ये कोही विपन्न वा कमजोर छन् भने त्यसमा समग्र समाजको दोष छैन। निजी वा नियति जे भने पनि कहिलेकाहीँ वर्चस्वलाई जित्ने गैरसंरचनात्मक कारणहरू देखिन सक्छन्। तिनको निवारण वर्चस्वशाली समुदायका लागि अपेक्षाकृत सजिलो हुन्छ।
वर्चस्व निर्माणको प्रक्रिया विभिन्न प्रकारले चलिरहने हुँदा त्यस प्रणालीको सुरुआत ठम्याउन सहज हुँदैन। नेपालमा भने आज जेजस्तो छ त्यस 'उपलब्धि' को यश दाबी गर्नेले दोष पनि स्वतः बेहोर्नुपर्ने हुन्छ। एकीकृत 'असली हिन्दुस्थाना' पृथ्वीनारायण शाहको सफलता हो भने यस राज्यका सबैजसो कमजोरी ( सैन्य प्रधान राज्य, भारदारी व्यवस्था, हिन्दुत्ववादी राजनीति, सोपान तन्त्र आदि) पनि उनैले संस्थागत गरेको मान्नुपर्छ।
वर्चस्वशाली समुदायले अन्य सबैसँग माफी माग्ने सबैभन्दा उपयुक्त दिन सम्भवतः इन्द्रजात्रा नै हुनुपर्छ। त्यसै दिनदेखि दक्षिण एसियाकै सर्वोत्कृष्टमध्ये एउटा मानिने नेवार संस्कृतिको स्खलन सुरु भयो। राज्य त बन्यो समाजहरू भने सैनिक सत्ताको बुटमुनि कुल्चिइएर थलिए। इतिहासकै वृत्तान्तमा समेत गोर्खालीहरू आफ्ना समकालीन अरू लडाकाभन्दा त्रू्कर देखापर्छन्। सायद, त्यसैले होला 'ग्रेटर नेपाल' भनिने भूभाग विजयपछि २० वर्ष पनि टिक्न सकेन। सुगौली सन्धिपछिको सीमाना मूलतः इस्ट इन्डिया कम्पनीको ग्यारेन्टीले गर्दा सुरक्षित रहेको हो। आफ्ना जनताको स्वेच्छिक समर्थनबेगर सञ्चालन गरिएको राज्यजस्तो हुन्छ नेपाल अहिले त्यस्तै छ। यसैले 'नेपाल किन बनेन? 'जस्तो रोइकराइको कुनै अर्थ रहँदैन।
राज्यको जग नै ज्यादतीद्वारा बसालिएको स्वीकार गर्नु त्यसको वर्तमान अस्तित्वलाई नकार्नु होइन। बरु पश्चातापभावले मन मा‰ने काम गर्नसक्छ। र, नयाँ अठोट निर्माण गर्न सघाउन सक्छ। त्यसपछिको मानसिक एकीकरणले भौगोलिक एकता र अखण्डताप्रति विश्वास बढाउनेछ।
बहाना राजा पृथ्वीको विजय अभियान भए पनि माफी माग्ने कारण अरू पनि छन्। पूर्व पञ्चहरूले तीन दशकसम्म मुलुकलाई अँध्यारोतिर हिँडाएकोमा आत्मालोचना गर्नुछ। नातावाद, कृपावाद, भ्रष्टाचार एवं नृशंस पुँजीवाद बढाएको अपराधबोध नेपाली कांग्रेसमा आउनुपर्छ। हिंसात्मक विरोध, अराजकता एवं संगठित अपराधको राजनीतिकरण जस्ता गतिविधिका लागि नेकपा (एमाले) क्षमाप्रार्थी हुनुपर्छ। हिंसात्मक विद्रोहद्वारा नेपाली समाजको परिवर्तन गतिलाई केही तीव्र बनाएको भए पनि नांगो विदेशी हस्तक्षेप निम्त्याउने एनेकपा (माओवादी)को ऐतिहासिक गल्ती दूरगामी प्रकृतिको असर उत्पन्न गराउने प्रकारको छ। जनधनको क्षतिको विवरण त सत्य निरुपण आयोगले तयार गर्ला तर राष्ट्रको मनोबल नै धराशायी बनाएको असफल क्रान्तिका नायकहरूले क्षमा त विरोधीभन्दा पनि आफ्नै समर्थकहरूसँग माग्नुपर्ने हुन्छ।
माफी महोत्सव निहुँ बन्नसक्छ सबैले आआफैँ गर्ने आत्मसमीक्षाको। तोडिएको ट्राफिक नियम, दुर्व्यवहार गरिएको वित्रे्कता, कटु वचन बोलिएको सहकर्मी, तिरस्कार गरिएका सहयोगी, बेवास्तामा परेका मित्र र छिमेकी एवं अपहेलित मान्यजन सामान्य जीवनका अभिन्न अंग हुन्। परिवारलाई माया त गर्ने तर भुलचुकका लागि माफी माग्न हिम्मत जुटाउन नसक्नेहरू सबै समुदायमा छन्। एक दिन माफीका लागि छुट्ट्याएर समाज बदलिने त हैन तर व्यक्ति सुधि्रने बहाना भने बन्न सक्छ।
दिवसको सुरुआत विशिष्ट व्यक्तिले गर्नेगर्छन्। यसपालिको इन्द्रजात्रामा आफ्ना विगतका लागि माफी माग्ने आँट ठूला भनिएका दलहरूमध्येका कुन नेताले देखाउँछन् त? अवधारणा भने विचारणीय छ। माफी र स्मृतिमा समाहित इन्द्रजात्रा 'नयाँ नेपाल'को राष्ट्रिय महोत्सव बन्न सक्छ। र, त्यस्तो महोत्सव स्वभावतः धर्मभन्दा पनि जीवनशैली आधारित हुन पुग्नेछ। जातीय अवमाननाबाट मुक्त नेपाली समाजहरूको सिर्जनात्मकता प्रस्फुटित हुन थाले नेपाल बन्ने क्रम सुरु हुन धेरै समय लाग्नेछैन।

-Source : http://nagariknews.com/opinion/story/24246.html#sthash.Wvm9zsKk.eEGyz88I.dpuf
No comments:
Post a Comment