नेपालगन्ज, १६
कात्तिक । बाँके जिल्लालाई बालश्रम मुक्त
जिल्ला बनाउन सरकारी
तथा गैरसरकारीस्तरबाट व्यापक
अभियान थालिएको छ
।
जिल्ला बाल
कल्याण समिति र
यस जिल्लामा सम्बद्ध गैरसरकारी संस्थाहरुले यहाँका
होटल तथा कलकारखानाबाट बालश्रमिक हटाउने
अभियान सुरु गरेको
पाइन्छ ।
तर, बाँके
जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा
गरिए पनि करिब
तीन हजारभन्दा बढी
बालबालिका अहिले पनि श्रमिकका रुपमा
कार्यरत रहेका छन् ।
तीन वर्षअघि (सन्
२००७ नोभेम्बर २०)
जिल्ला बाल कल्याण
समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस
जिल्लालाई ‘बालश्रमिक मुक्त जिल्ला’ घोषणा
गरे पनि अझै
त्यति ठूलो सङ्ख्यामा बालश्रमिक कार्यरत रहेको
देखिनुले ती निकायको काम
गर्ने शैलीप्रति प्रश्न
उठाइएको छ ।
तथ्याङ्कअनुसार, बाँके
जिल्लामा हाल नौ वर्षमुनिका पाँच
प्रतिशत, १० देखि १४
वर्षका ६० प्रतिशत र
१४ देखि १७
वर्षका ४० प्रतिशतभन्दा बढी
बालबालिका बालश्रमिकका रुपमा कार्यरत रहेका
छन् ।
No comments:
Post a Comment