Terai Justice Center
A non profitable company working for litigation and justice in Terai
Pages
Home
About us
Lawyers Team
Court Decision
Litigation
Publication
THRD Alliance
Apply for Membership of THRD Alliance
Monday, May 26, 2014
महिला हिन्साका घटनाको अनुसन्धान फितलो-महिला अायोग
प्रहरीले महिला हिंसाका घटनाको अनुसन्धानमा लापर्बाही गरेको भन्दै राष्ट्रिय महिला आयोगले असन्तुष्टि जनाएको छ ।
पछिल्लो समय बाँकेमा भइरहेका महिला हिंसाका जघन्य अपराधमा समेत प्रहरीले गहिरो अनुसन्धान नगरेको आयोगका प्रवक्ता मोना अन्सारीले आरोप लगाइन् ।
चैत ३ गते बाँके लक्ष्मणपुरकी गर्भवती रिहाना शेषलाई पति फारिदसहित परिवारले मटि्टतेल छर्केर आगो लगाएर हत्या गरेको थियो । गत शुक्रवार परस्पुर गाउँमा अर्की गर्भवती गोल्डी चर्तुबेदीको जलेर मृत्यु भयो । दुवै वटै घटनाको प्रहरीले अनुसन्धान नगरेकोभन्दै अन्सारीले असन्तुष्टी जनाएकी हुन् ।
'तस्करी वा चोरीका घटनामा प्रहरीले सक्रियता देखाउँछ । तर, महिला हिंसाका गम्भीर घटनामा पनि अनुसन्धान फराकिलो बनाएको पाइएन', आइतवार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै अन्सारीले भनिन्, 'स्रोतसाधन अभाव छ भने भन्नुपर्यो । हैन भने अनुसन्धान साघुँरो बनाउनु भएन ।'
प्रहरीले चोरीको आरोपमा बाँके भवानीयापुर-३ स्थित बाबुगाउँका ६२ वर्षीया प्यारा धोबी र १४ वर्षीया शुक्रनालाई प्रहरी थानामा ल्याएर यातना दिइएकोप्रति पनि महिला आयोगले आपत्ति जनाएको छ । प्याराका छोरा राजुलाई खाली काजगमा औठा छाप लगाएर छाडिएकोप्रति शंका व्यक्त गर्दै अन्सारीले भनिन्,'चोरीमा संलग्न हो भने कानुनी कारबाही गर्नुपर्यो । प्रहरीले निलडाँम हुने गरी कुटपिट गरेको पाइयो ।'
Source: ekantipur
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment