दीपेन्द्र झा
आजसम्मको इतिहासमा मधेसी, जनजाति, दलित र महिला भेदभावको शिकार रहेको कुरा भनिरहनु पर्दैन। त्यसमा पनि मधेसीहरूको पीडा अलि बेग्लै छ, मधेसीहरू अन्य समुदायभन्दा राज्यको हरेक तहमा अत्यन्त न्यून संख्यामा रहेका छन्, उनीहरूको भाषा र संस्कृति पहाडको भाषा र संस्कृतिभन्दा मौलिकरुपमा फरक रहेका कारण मधेसीहरूलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिएको हो। २०६२–०६३ को आन्दोलनपछि यो विभेद अलिकति कमीमात्रै आएको छ, तर निर्मूल भएको होइन । कुनैपनि समुदायले राष्ट्रमा तबमात्र बराबरीको अधिकार र व्यवहार पाउँछ, जब उसको प्रतिनिधित्व समानुपातिकरुपमा राज्यको हरेक अंगमा रहन्छ। संघीयताले प्रदेशमा मधेसीहरूको भाषा र संस्कृतिको रक्षा गर्दा नेपाल देशभित्र उनीहरूको भाषा र संस्कृति पनि नेपालको महत्वपूर्ण भाषा र संस्कृति हो भन्ने बलियो सन्देश दिने छ, राष्ट्रिय राजनीतिमा मधेसीहरूको भूमिकालाई अझ प्रबल बनाउने छ, यही कारण संघीयताप्रति मधेस र मधेसीमा बढी लगाव रहेको छ।
अहिले जसरी संविधान बनिरहेको छ, यसबाट मूलतः यहाँको शाषक वर्ग लाभान्वित हुने छ, यस अर्थमा उनीहरूलाई बधाई दिनुपर्दछ । आजको यो विजेता वर्ग त्यही वर्ग हो, जसले पृथ्वीनारायण शाहको समयदेखि यो राष्ट्रमा हालीमुहाली गर्दै आएको छ ।
तर के यो विजेता वर्गको संविधान मधेसीले मान्नैपर्छ? अहिले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले हामीसँग प्रचण्ड बहुमत छ, हामीले दुई तिहाई बहुमतको आधारमा बनाएको संविधान अरुलाई अस्वीकार गर्ने अधिकार छैन भनेको सुनिन्छ। यिनीहरूले एउटा कुरा के विर्सिनुहुँदैन भने उनीहरूकै दलभित्रका सांसदहरूले पनि आज मधेसी दलहरूले उठाएका मुद्दाहरूलाई कुनै न कुनैरुपमा स्वीकार गरेका छन्, र पार्टीमा त्यसका लागि दवाव दिएका छन्, प्रश्न यतिमात्रै हो कि पार्टीको ह्विपको अगाडि उनीहरूले विद्रोह गरेका छैनन्।
मधेसीहरूले मधेसीको मुद्दामा समर्थन जनायो भने पहाडी समुदायको आँखामा ऊ राष्ट्रवादी हुनसक्दैन। यसको लागि सबैभन्दा राम्रो उदाहरण राष्ट्रपति रामवरण यादवज्यू हुनुहुन्छ । मधेस आन्दोलनताका उहाँले मधेसी दलहरूविरुद्ध बोलेको कुरालाई उहाँलाई काठमाडौंमा उदाहरणीय राष्ट्रवादी बनाएको थियो। अहिले हेर्नुहोस्, उहाँले सबै असन्तुष्ट समूहलाई मिलाएर लग्न दलहरूलाई प्रोत्साहित गर्दा राष्ट्रपतिलाई आफ्नो क्षेत्राधिकार मिचेको र मधेसी भएर काम गरेको आरोप लाग्न थालेको छ।
आज मधेसी जनता भन्दैछन्, लौ मनाउनुस् उल्लास र दीपावाली संविधानका लागि, तर हाम्रा आफन्तजन जो प्रशर्दनका क्रममा मारिएका छन्, तिनीहरूको मलामी जान कर्फ्यु त हटाइदिनुहोस्, यति स्वतन्त्रता तपाईँको नयाँ संविधानमा पनि होलान नि? मधेसी जनतालाई लास सद्गत गर्नबाट रोक लगाएर, जुन दीपावलीको तयारी गरिदैछ, त्यो अलि सुहाएन कि? लासको चाँङमाथि झण्डोत्तोलनको तयारी अलि अशुभ हुन्छ। छिमेकीको घरमा अशुभ हुँदा अर्को छिमेकीले शोक मनाउने चलन छ।
मधेसमा बगेको रगत चाहे त मधेसीको होस् या हाम्रा पहाडीया दाजुभाइको होस्, त्यो सबै नेपालीको रगत हो र त्यसरी नेपालीको रगत बग्ने सिलसिलालाई तुरुन्त रोक्न राज्य र आन्दोलकारी दलको प्रयास हुनुपर्दछ। मुलुकमा अमन चैन र प्रगति कायम राख्न र असन्तुष्ट दलसँग वार्ता गर्न बढी लचकता भने सरकारले नै देखाउनुपर्दछ। प्रजातन्त्रको दुहाई दिने प्रधानमन्त्री सुशील कोइराला तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यो कुरा बारे हामीले धेरै भनिरहनुपर्दैन।
झण्डै एक महिनादेखि मधेस बन्द छ, मानिसहरू रोजीरोटीको समस्यामा छन्। यता प्रहरी प्रशासनबाट व्यापक धरपकड र दमन शुरु भएको छ, जसले गर्दा मधेसीहरू गाउँघर छोडेर सीमापारि शरण लिन बाध्य भैरहेका छन्।
आज मधेसमा प्रश्न उठिरहेको छ, हामी कति दिनसम्म यसरी भागेर पारि बस्ने ? उनीहरूलाई डर छ, कतै पूर्वी नेपालमा भूटानी शरणार्थीहरूले पाल टाँगेर जीवन बिताएजस्तै उनीहरूलाई पनि त्यस्तो बाध्यता होला कि भन्ने।
मधेसीले के नै मागेका छन् र? मधेसीहरूले मधेसीको एक भोट र पहाडीको एक भोट बराबर होस् नै भनेका छन्। मधेसीले उनका दुई भोट पहाडी दाजुभाइको एक भोट नहोस् भनी जनसंख्याको आधारमा निर्वाचन प्रणाली राखियोस् भनेका छन मधेसीहरूले। भोट जनताले हाल्ने हो, माटो ढुंगाले होइन? यसकारण कसैको भोटको महत्व बढि र कसैको कम नहोस्। हरेक नेपालीको भोट बराबर हुने गरी जनसंख्यालाई आधार मानिनुपर्दछ। केही हिमाली जिल्लाको हकमा न्युनतम राखेर क्षतिपूर्ति गर्दा पहाड र मधेसले पक्कै पनि मान्दैनौ भन्दैन।
मधेसी र थारुले मधेसमा नवलपरासीदेखि सके कञ्चनपुर नभए कैलालीसम्मका पहाडी, मधेशी, थारु, मुस्लिम सबैसँग बस्ने गरी एउटा प्रदेश बनाइदिनुस् भनेका छन्। यो माग गर्नेहरूलाई गोली हान्नु कत्तिको जायज थियो? यो राज्य मेरो पनि हो सबै जना बराबरी हुने गरी सयौं थुँगा फूलका मालाझै एकताको सूत्रमा हामी आबद्ध हुन चाहन्छौ भन्दा राज्य किन असहिष्णु भएको?
मधेसीहरूले जातीय होइन भौगोलिक पहिचानको आधारमा झापादेखि पर्सासम्म र नवलपरासीदेखि कञ्चनपुरसम्मको दुई प्रदेश भनेका छन्। तर पर्सादेखि सप्तरीसम्मका एउटा प्रदेश बनाइयो, जसको विरोधमा शुरु भएको आन्दोलनको क्रममा ४० जना मारिए। प्रहरी वा वा प्रदर्शन जो मारिए पनि ती सबै नेपाली हुन्।
मधेशका जनता भयभित र त्रसित छन्। शान्तिपूर्ण आन्दोलन गर्न पाउने जनताको अधिकार हो। मधेसीहरूको प्रदर्शनमा घुसेका ह्रिंसक घुसपैठहरू पत्ता लगाउने र समात्ने कार्य राज्यको हो। मधेशका ९० प्रतिशत जनताले हामीलाई मत दिएका हुन् भनी धाक लगाउने तपाईँ नेताहरू कांग्रेस, एमाले र एमाओवादीमा हुनुहुन्छ। तर मधेसका जनता मारिँदा, कर्फ्युको त्रासमा कष्टकर जीवन बाँच्नुपर्दा, बन्दुकको कुन्दाले पिटिँदा, सुरक्षा अधिकारीहरूद्वारा दुर्व्यवहारको शिकार हुँदा तपाईँहरूलाई अलिकति पनि माया नलाग्ने कसरी होला?
फेरि अर्को चुनाव आउँदै छ, जनताले हिसाबकिताब राख्नेछन्। कलैयामा मारिएका हिफाजत मियाँले त झन कांग्रेसलाई नै भोट दिएका थिए, जसले भोट दिएर तपाईँहरूलाई सिंहदरबार पठाए आज तिनै व्यक्तिहरू तपाईहरूकै आदेशमा गोली खाइरहेका छन् । यो कस्तो लोकतन्त्र?
पुष्पकमल दाहाल 'प्रचण्ड'जीको धेरै कुरा भन्न पनि मन लाग्दैन। उहाँलाई काठमाडौंले अस्वीकार गर्दा सिराहाले शरण दिएको हो। गुन लगाउन नक्सनेहरू गुन लगाउनेविरुद्ध वैगुनी हुनुहुँदैन। आखिर तपाईँ त्यही मधेसी जनताको भोट पाएर संविधान सभाको रोष्ट्रममा उभिने हैसियत पाउनु भयो। तर अस्ति संविधानसभामा बोल्दा तिनलाई लक्षित हुने गरी बिखण्डनकारीको उपमा दिनुभयो। आखिर हिजो तपाईँहरूले बाचा गरेको आत्मनिर्णयको अधिकारलाई त्यसोभए के भन्ने?
तपाईंका मतदाता अब आत्मघाती र राष्ट्रघाती भए, होइन त? तपाईले बोलेका शब्दभित्र लुकेको भावार्थ त्यही हो, कमरेड। सैलुनमा कपाल काट्ने मेरो बाबु उमेरको ठाकुरले पहाडका १६ वर्षे ठिटालाई दाइ भन्नुपर्ने बाध्यताप्रति तपाईंका आँखा रसाँउदैनन्। कलंकी चोकमा बस चढ्न गएका मधेसी बोलाउँदा तपाईलाई त्यहाँ बिखण्डनकारी नजर आएन? मधेसीले अधिकार खोज्दा बिखण्डनकारी मात्र देख्नुभयो, हरेक तानाशाहले अधिकार खोज्नेहरूलाई साम्प्रदायिक, र विखण्डनकारी देख्छ। हरेक तानाशाहले राष्ट्रियताको भावना भड्काएर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्छ, यो कुरा इतिहासमा प्रमाणित छ।
एकजना पूर्वप्रधानमन्त्रीले एउटा अन्तर्वार्तामा सप्तरीदेखि पर्सासम्मको प्रदेशलाई धोती प्रदेश भन्नुभयो। उहाँले प्रष्ट शब्दमा यो कुरा नभने पनि मधेसप्रति उहाँको बुझाइमा जुन कमी छ, त्यसको पृष्ठभूमिमा मधेसीहरूले उहाँको अभिव्यक्तिलाई त्यही रूपमा बुझे। यदि उहाँले धोती प्रदेश नै भन्नुभएको हो भने धोती प्रदेश होइन हजुर ६ वटै टोपी प्रदेश बनाउनुस् भनेर म भन्दिनँ। धोती र टोपी दुवै अट्ने प्रदेश बनाउनुस्।
एउटा कुरा प्रचण्डजीले साँचो भन्नुभयो, काठमाडौंमा मधेसको अमिट छाप परेको छ, आखिर लिच्छवी र गोपाल वंशावलीहरू पनि मधेसी नै थिए। संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा छ, तर अझै ढिलो भएको छैन। रोकौं, बोलौं, अन्याय प्रति मौनताको बाँध तोडौं ।
आज मधेसीहरू भन्दैछन्, आफ्नै पसल बन्द गरेर आफैँलाई कत्ति गरिब बनाउनु? तर त्यसको अर्थ उनीहरू आत्मसमर्पण गर्ने मूडमा छन् भन्ने होइन, संघर्ष छोड्ने भनेको होइन। १९ दिनको जनआन्दोलनमा २० जना देशमा ज्यान गुमाए पछि राजा ज्ञानेन्द्रले गद्दी छोडे। अहिले २० जिल्लामा ४० को ज्यान गएपनि सत्ताधारी दलहरू केही नभएको बहाना गर्दैछन्। संविधानसभाबाट भएको मधेसी दलको बहिष्कारलाई लक्षित गरेर ओलीजीले त रुखबाट दुई चार आँप झारेर केही हुदैन सम्म भन्नुभयो।
महोत्तरीको बजराहीमा ट्युसन पढ्न गएका १६ बर्षका नाती रोहन चौधरी र नातीको लागि कात्रो किन्न गएका हजुरबा गणेश चौधरी दुवैको प्रहरीको गोली लागेर मृत्यु भयो। एसएसपी न्यौपाने, असई थमन बिक लगायत मारिएका सुरक्षाकर्मीका परिवारका पीडा र प्रदर्शनका क्रममा मारिएका ३३ जना पीडितको मधेशी परिवारका पीडा एउटै छ। मधेशी भनेका भेडा बाख्रा होइनन्, तिनको जीवनका पनि उत्तिकै महत्व छ।
दुश्मन देशका जनतासँग लडाई भएको होइन् आफ्नै देशका जनता मारिएका छन्। मधेसी र अन्य पछाडि परेको वर्ग र समुदायको भावनालाई तिरस्कार गरेर आज संविधान बनाउनेहरूले के विर्सिनुहुँदैन भने आजको जुन चेतना मधेसमा छ त्यसकै बलमा मधेसीहरू आन्दोलित बनेका छन्। अन्यायको बिरुद्द मधेसीहरू आन्दोलित भैरहेका छन्। संविधान निर्माणको क्रममा, अलिकति विवेक, चातुर्य र महानता देखाइयो भने द्वन्द्वको सम्भावना रोकिन्छ, होइन भने द्वन्द्वको मूल्य यो राष्ट्रले चुकाउनुपर्नेछ।

No comments:
Post a Comment